करणको गीति एल्बम ‘द काइट्स’ बिमोचन

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नव गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’को बिमोचन गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथी वरिष्ठ गायक गणेश रसिक, बिशेष अतिथीहरु लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार, निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ बिमोचन गर्नुभएको हो ।

एल्बम बिमोचनपछि करणले २ गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाउनुभएको थियो । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भन्नुभयो, ‘सानै उमेरदेखी गाउथे, आज आएर पहिलो एल्बम उहाहरु (गणेश रसिक, राजेश पायल राई,  दयाहाङ राई, झुमा लिम्बु) को हातबाट बिमोचन गर्न पाउदा चङ्गा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ बाल्यकालदेखी नै गीत संगीतमा चासो राख्ने करण अमेरीकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी गणेश रसिकले गायक करणलाई शुभकामना दिदै अहिले र पहिलेका गीत–संगीतको अन्तर र सहजताको बारेमा प्रश्ट्याउनु भएको थियो । रसिकले भन्नुभयो,  ‘हामिले जानेर नजानेर हिडेको बाटोमा, हामि गोरेटोमा हिड्यौ । भन्ज्याङ हिड्यौ अहिले नयाँ पुस्ताले त्यो संगीतको बाटो पिच बनाउनु भएको छ । त्यहि बाटोको क्रममा करण राईपनि आउनु भएको छ ।’

त्यस्तै विशेष अतिथी राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने ब्याक्तिको रुपमा चिनेको बताउनुभयो । राजेशपायलले भन्नुभयो, ‘चङ्गा जसरी उड्यो भने त्यो सम्पुर्णं दुख, पिडा, रिस, राग, झिजोहरु उडिरहेको छ, हामिहरु संसारमा प्रफुल्ल मनलेपनि उड्न सक्छौ भन्ने पनि अर्थ लाग्छ । त्यहि कारण उनको मन, उनको संगीत, चङ्गा जसरी चैट नभइकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुञ्जाउनेछ सायारेम शुभकामना ।’ भुटनिज शरणर्थी क्याम्पमा जन्मिनु भएका करणको बाल्यकाल सम्झिदै राजेशपायलले अघि भन्नुभयो, ‘जन्म कहा छ फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठुलो महत्व राख्छ ।’

करणलाई बधाई दिदै कार्यक्रमका बिशेष अतिथी दयाहाङ राईलेपनि ‘द काइट्स’को प्रसंसा गर्नुभयो । दयाहाङले भन्नुभयो, ‘चंगासंग साच्चिकै हाम्रो मन साटिन्छ, त्यो संग रमाइन्छ, अनी करण भाईले गाउनुभएछ, प्रकाश जीले लेख्नु भएछ, गज्जब छ यो गीत ।’ त्यस्तै विशेष अतिथी झुमा लिम्बुले पनि करणलाई शुभकामना दिनुभयो । कार्यक्रमका सभापति तथा कवि, गीतकार प्रकाश आङ्देम्बेलेपनि ‘द काइट्स’ एल्बमका लागी शुभकामना दिदै करणलाई नजिकबाट चिनानुभयो ।

सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ गीतहरु समावेश छन् । सबै गीतमा करणको स्वर रहेको छ, भने ‘फुलै राम्रो’ डोएट गीतमा गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिनुभएको छ । एल्बमका गीतहरुमा क्रमश प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द रहेको छ भने डम्बर क्रमश देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ । सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गर्नुभएको छ ।