‘परदेशी २’ अब फागुन ५ मा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">यो बर्षको प्रतिक्षित नयाँ चलचित्र ‘परदेशी २’ले आफ्नो प्रदर्शन मिति सारेको छ । यसअघि दशैंको छेको असोज १४ मा आउने भनिएको चलचित्र अब भने फागुन ५ गते प्रदर्शन हुने बताइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को प्रदर्शन मिति हेरफेरका लागी वितरक, हल संचालक एवं चलचित्रकर्मीहरुसँग सरसल्लाह भएको र फागुन उपयुक्त समय भएको निर्देशक रायमाझीले बताउनुभयो । चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक रायमाझीले बताउनुभएको हो ।&nbsp;</p><p style="text-align: justify; ">निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ । निर्देशक रायमाझीले भन्नुभएको, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छाँै ।’ चलचित्र परदेशी २ मा प्रशान्त तामाङ्, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ ।&nbsp;</p>