बिक्रम, सौगात र सुवर्णको ‘राधा’ भदौ १० मा देशभर

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अभिनेता तथा निर्माता विक्रम डि जोशी (बिक्की) पुनः एक पटक दर्शकमाझ आउदैछन् ,भदौ १० गते मल्टिस्टारर फिल्म –‘दि सिक्रेट्स अफ राधा’ लिएर ।  यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ फिल्ममार्फत अभिनेताका रुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिएका बिक्की यसपाली भने निर्माताका रुपमा मात्रै प्रस्तुत भएका छन्, ‘राधा’ मा ।

सुवर्ण थापा निर्देशीत ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् । नारी शक्तिको बिषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मिहीनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’

आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागीरहेको उनी बताउछन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल,निश्चल बस्नेत,खगेन्द्र लामीछाने,बुद्धि तामाङ,मेनुका प्रधान,लोकेन्द्र लेखक,पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् ।

अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै फिल्ममा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा बिश्वस्त छन् । महारानी इन्टरटेन्मेन्ट युके,बिरञ्जना इन्टरटेन्मेन्ट्स,आदियोगी भिजन,मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारमा तीव्रता दिइरहेको छ । फिल्म दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दावी निर्माण पक्षको छ ।