बसन्तपुरमा अर्थरको प्रस्तुती

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेल (अर्थर गन)ले बुधबार काठमाडौंको वसन्तपुरमा आफ्नो प्रस्तुती दिनुभएको छ । जन्मथलो आइपुगेकै दिन बुधबार उहाले त्यहाँ प्रस्तुति दिनु भएको हो ।

बुधबार साँझ उहाले वसन्तपुरको नव आदर्श विद्यालयअगाडि प्रस्तुति दिनुभएको हो । उहाले ‘स्ट्रिट पर्फोम’ गर्नुभएको हो ।

त्यहाँको फोटो फेसबुकमा सेयर गर्दै अर्थरले लेख्नुभएको छ, ‘मैले जहाँबाट सुरु गरेको थिएँ, त्यही गरेँ । जन्मूमिमा बस्किङ (सार्वजनिक स्थलमा स्वेच्छिक दानका लागि गरिएको प्रस्तुति), वसन्तपुर दरबार स्क्वायर । आफ्नो समय दिएर सुनिदिनुभएका तपाईं सम्पूर्ण र जसले यो सम्भव गरायो, तपाईं सम्पूर्णलाई धन्यवाद । सबैलाई अगस्ट २० मा क्लब प्लाटिनममा भेट्नेछौँ ।’

उहा आउँदो शनिबार काठमाडौंको क्लब प्लाटिनममा गुन्जिँदै हुनुहुन्छ । एक महिनाका लागि नेपाल टुरमा आएका अर्थरको दोस्रो प्रस्तुति यही अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र त्यसपछि अगस्ट ३१ मा बुटवलमा हुने तय छ ।

सन् २०२० को अमेरिकन आइडलका फर्स्ट रनरअप उहा त्यसपछि पहिलोपटक नेपाल आउनु भएको हो ।