हलिउड निर्देशक पिटरसनको निधन

एजेन्सी

चर्चित हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको ८१ वर्षमा निधन भएको छ । पिटरको गत शुक्रबार आफ्नो ब्रेन्टबुडस्थित घरमा निधन भएको हलिउड मिडियाले जनाएका छन् । पिटरसनका प्रतिनिधि मिशेल बेगाले उहा क्यान्सरबाट पिडित रहेको जानकारी दिनु भएको छ ।

जर्मनीमै जन्मियर १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशन करियर सुरु गनु भएका पिटरसनले १९८१ मा निर्देशन गरेको ‘दास बुट’ लाई अन्तर्राष्ट्रिय स्तरको ख्याति मिलेको थियो । यो फिल्म दोस्रो विश्व युद्धमा आधारित थियो । उहा ओस्कारमा ६ पटक नोमिनिजमा पर्नुभएको थियो । दुई पटक बेष्ट निर्देशक र दुई पटक बेष्ट स्क्रिन प्ले पनि थियो ।

उहाका चर्चित चलचित्रहरु दास बूट, एअर फोर्स वन, ट्रोय, पोसेईडन, द परफेक्ट स्ट्रोम हुन् । पहिले जर्मन चलचित्र बनाउने गरेकोमा उहा पछि हलिउड चलचित्रमा निर्देशकको अलवा निर्माण तथा स्क्रिप्ट लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो ।