माघ, काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । सोमबार निगमले जितुलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रममा जितुलाई पर्यटनमन्त्री आनन्द पोख्रेलले नियुक्ती पत्र प्रदान गरेका हुन् । जितुले कार्यक्रममा बोल्दै बिगत लामो समय देखी नेपाल बायुसेवा निगमको ब्यंग्य गर्दै आएकोमा अब भने बिचार पुर्याउनु पर्ने भयो भन्दै हँसाएका थिए । साथै उनले अब बायु सेवा निगमको प्रचार प्रसारमा आफुले सक्दो सहयोग गर्ने बताए ।
आफु देश बाहिरका बिभिन्न कार्यक्रममा जाँदा अन्य वायुसेवा बाट जानुपरेको र अब नेपाल बायुसेवा बाटै जानेपनि उनले बताए । साथै कलाकारहरुलाई नेपाल बायुसेवा निगमकै जहाजबाट पठाउने प्रवन्ध मिलाईदिन अनुरोध समेत गरे ।