२ नम्बरी सम्वाद टिकटकमा हिट, ३ लाख भन्दा बढी टिकटक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आगामी असोजको २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’ टिमले प्रचार प्रचारलाई तिब्ररुपमा अगाडी बढाइरहेको छ । यो चलचित्रको सार्वजनिक टिजरले युटयुवमा राम्रो भ्युज पाएको छ भने प्रतिक्रिया पनि राम्रो मिलेको देखिन्छ । ९ दिन अगाडि सार्वजनिक भएको टिजरले युट्युबमा १० लाख बढी भ्यूज पाइसकेको छ ।

सार्वजनिक टिजरमा मुख्य कलाकारहरु नायकद्धय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्धय उपासना सिंह ठकुरी र उगेन छोदेन हाबी छन् । विशेषगरि, दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । दया र सौगातविचको मित्रता पनि दर्शकको नजरमा परेको छ ।

यो चलचित्रको संवादमाथि नै ३ लाख भन्दा बढी टिकटक बनेका छन् । संवाद हिट हुँदा चलचित्रको व्यापारमा पनि ठूलो फरक पर्दछ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले भने–‘हामीले २ मिनेट भन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजर भन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ ।’

दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ यो चलचित्रका निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्मात्रीको रुपमा छिन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

Teaser: Click Here