चित्रकार सिंहका चित्रहरू प्रदर्शनी

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चित्रकार पि. सिंहले तयार पारेका चित्रहरूको प्रदर्शन गरिएको छ । बौद्ध टुसालस्थित तारागाउँ कला संग्रहालयमा गरिएको प्रदर्शनी साउन २९ देखि ३ दिन चलेको थियो ।

नेपाल सेन्टर फर आर्ट एण्ड कल्चर इन्टरनेशनले आयोजना गरेको उक्त प्रदर्शनीको उद्घाटन अभिनेता निखिल उप्रेतीले गर्नुभएको थियो । बेलायतमा बसोबास गर्दै आउनु भएका चित्रकार पि. सिंह सफ्टवेयर इन्जिनियर हुनुहुन्छ । उहाले बनाएका नेपाली भाषामा टाइप गर्ने टाइपशाला, नेपाली युनिकोड तथा सडक इन्जिनियरिङ्ग सम्बन्धी सफ्टवेयर ‘राजमार्ग’ नेपाल तथा विदेशमा रहने नेपाली ईन्जिनियरहरू माझ उत्तिकै लोकप्रिय छ ।

उहालाई चित्रकला प्रदर्शनीमा सघाई रहनु भएका विगतका वेब सहायक कपिल सागर कक्षपती सन् १९९९ मा ठमेल डट कममा ठमेल क्षेत्रभरिको व्यवसायलाई नक्साकिंत गर्न सिंहले बनाएको लोकेशन म्याप विश्वको पहिलो भएको र पर्यटन उद्योगलाई टेवासमेत पु¥याएको बताउनुहुन्छ ।

चित्रकला ‘भ्रमण २०२२’ प्रदर्शनीमा छोरी रोस्लिन सिंहले बनाएको चित्रकलासमेत गरी ३० चित्र प्रदर्शित थिए । उहाकी छोरी रोस्लिनले भने वाटरकलर तथा पेन्सिलले बनाएका चित्रहरूलाई प्रदर्शनीमा राख्नुभएको छ । नेपाली ग्रामीण जीवन झल्किने गरी राखिएका चित्रहरू एक हजारभन्दा धेरैले अवलोकन गरेका थिए ।