जुम्लामा पहिलोपटक प्रकाशको प्रिमियर, प्रदीप खड्काले दर्शकसँगै भुँईमै बसेर हेरे

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘प्रकाश’ले पहिलोपटक जुम्लामा प्रिमियर गरेको छ । चलचित्रको निर्माण टिमले छायांकन भएको ठाउँमै प्रिमियर गरेको हो । जुम्लामा कुनैपनि चलचित्र हल भने छैनन् । प्रिमियर जुम्लाको पूर्वमा पर्ने पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा पर्ने ऋण मोक्ष माविको प्रांगणमा प्रदर्शन गरिएको थियो । निर्माता महेन्द्र अधिकारीका अनुसार ६०० जना गाउँलेले चलचित्रको मजा लिए ।

प्रिमियरमा पुगेका अभिनेता प्रदीप खड्का र पटकथा लेखक विकास सुवेदीलाई गाउँलेले भव्य स्वागत पनि गरे । त्यसअघि चलचित्रले जुम्लामै पत्रकार सम्मेलन पनि आयोजना गर्‍यो । कलाकारको स्वागतमा गाउँले झाँकी समेत निकालेका थिए । जुम्लामै सुटिङ भएको प्रदीप खड्का, रेणु योगी र दीया मास्के स्टारर फिल्मले सामाजिक र आर्थिक विपन्नताको बाबजुद शिक्षक बन्न मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् भने महेन्द्र अधिकारीको लगानी छ ।