‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नयाँ चलचित्र 'झिँगेदाउ'को नयाँ गीत 'टल टल टल टलक्कै' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत र अन्जु पन्तरसुरेश लामाको स्वर छ ।

ज्ञानेन्द्र देउजा निर्देशीत यस चलचित्रका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रमा केकी अधिकारी, मुकुन भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले दुई दाजुभाई र देउरानी९जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको चलचित्रमा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ । यो चलचित्र भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।