नेपाली अभिनेत्री मुनाले रणवीर सिंहसँग फिल्म खेल्दै

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली कलाकारलाई बलिउडमा काम गर्नु सफलता मानिन्छ । बलिउडका स्टार कलाकारसँग तस्बिर खिचाउनु पनि नेपाली कलाकारले ठुलै सफलता मान्छन् ।

यसैबिच नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सिंहसँग चलचित्रमा काम गर्ने हुनुभएको छ । बिहीबार रणवीरसँग सेल्फी खिचेको पोष्ट सार्वजनिक गर्दै छिट्टै चलचित्र खेल्न लागेको जानकारी दिनु भएको हो ।

तर चलचित्रको बिषयमा उहाले अन्य जानकारी दिनुभएको छैन । रणवीर र मुना सेल्फीमा निक्कै खुसी देखिनु भएको छ । अभिनयका लागि मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताउदै आउनु भएको छ । नेपालमा चलचित्र ‘जालो’ बाट अभिनय करिअर सुरु गर्नुभएकी मुना पछिल्लो समय मोडलिङ र अभिनयका लागि मुम्बईमा बस्दै आउनु भएको छ ।