सुफिया भुजेललाई ‘मिस यूनिभर्स नेपाल’को उपाधि

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यो बर्षको ‘मिस यूनिभर्स नेपाल’को उपाधि सोफिया भुजेलले जित्नुभएको छ । काठमाडौंको याक एन्ड यति होटलमा गएको बिहिबार बेलुका आयोजना भएको भव्य समारोहमा सोफियाले चर्चित सौन्दर्य प्रतियोगीताको ताज पहिरिनुभयो । उहालाई, पूर्व ‘मिस यूनिभर्स नेपाल’ सुजिता बस्नेतले ताज लगाइदिनुभएको थियो । सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गर्नुभयो । साथै, उहाले अब ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

उपाधि जितेपछि सोफियाले मिडिया कुराकानीमा भन्नुभएको छ, ‘मैले मिस यूनिभर्स नेपालको उपाधि जित्ने सपना बोकेकी थिएँ । विगत १२ दिनदेखिको क्लोज क्याम्प मेरा लागि यो उपाधि जित्न अझै सहयोगी भएको छ ।’

काठमाडौं निवासी २७ बर्षिया सोफियाले सम्पूर्ण घेरा तोडेर अगाडि बढेका महिलाहरु नै आफ्नो प्रेरणाको श्रोत भएको बताउनु भएको छ । यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल केशरी शाह, नायिका प्रियंका कार्की, ऋचा शर्मा, संगीता थापा, सिमा गोल्छा, थियागाराजन रामाशामी हुनुहुन्थ्यो ।

यस्तै, यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को फस्टरनरअप विपना अधिकारी, सेकेन्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशि र फोर्थ रनरअप मोनालिसा पराजुली हुन सफल हुनुभएको छ । उमंग क्रियशनले यो प्रतियोगीताको आयोजना गरेको हो ।