मन पराइँदै नेपाली रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

कसैलाई होच्याएर वा ब्यंग्य गरेर बोल्दा झट्ट रिसाइहाल्ने गरिन्छ । स्वभाविक पनि हो, कसैले आफ्नो बारेमा नराम्रो, बनावटी कुरा जुन उसको विपक्षमा छ त्यो कुराले चित्त दुख्छ । बिशेषगरी नेपाली कलाकारितामा लागेका सेलिब्रेटी तथा नेताहरुको चर्चा निकै हुन्छ । उनीहरुको काम तथा बोलीलाई लिएर ब्यंग्य पनि निकै गरिन्छ । मानिसहरुको ठुलो बजारमा घुलमिल भइरहनु पर्ने भएकाले पनि सेलिब्रेटी र नेताहरुले ब्यंग्यलाई पचाएर अगाडी बढ्न सक्नुपर्छ ।

समाजमा सबैले चिन्ने पब्लिक फिगरको सामाजिक सञ्जाल होस् या चोक चोकमा होस् राम्रा र नराम्रा चर्चा भइरहन्छन् । मिडियामा पनि तिनै ब्यक्तिहरुको चर्चा हुन्छ । अन्तर्राष्ट्रियस्तरमै हेर्ने हो भनेपछि समाजमा बिभिन्न तबरबाट चर्चामा आएका ब्यक्ति लक्षित बिभिन्न कार्यक्रम बनिरहेका हुन्छन् । टेलिभिजनमा तिनै ब्यक्ति लक्षित रोष्ट शोहरु पनि छन् । कतिपयले त्यसलाई सहज रुपमा लिन्छन् त कतिपय रोष्टसँग डराउँछन् ।

यसैबिच नेपालमा पनि पछिल्लो समय रोष्ट शो मन पराउन थालिएको छ । प्राइम एचडी टेलिभिजनबाट हरेक बिहीबार राती ९ बजे र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण भइरहेको मौलिक रोस्ट शो 'आम्मा कसम याँ दुख्छ'ले १० भागसम्म आइपुग्दा दर्शकको मन जितिरहेको छ । यो शोमा समाजमा बिभिन्न तरिकाले परिचित कुनैपनि ब्यक्ति तथा सेलिब्रेटीलाई ल्याएर उसका बिभिन्न राम्रा तथा नराम्रो पक्ष ब्यंग्यको शैलीमा केलाउने गरिन्छ ।

श्रद्धा प्रसाईको निर्देशनमा प्रसारण भइरहेको 'आम्मा कसम याँ दुख्छ'को होस्टको रुपमा लोकप्रिय कमेडीयन बिक्की अग्रवाल छन् । बिक्की मौलिक कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन'मा सहभागी भएपछि चर्चामा आएका हुन् । बिक्कीले आफूहरुले नेपालका लागी रोस्ट शो ल्याएर फरक प्रयोग गरेको र त्यसमा सफल भएको बताउँछन् । उनले बिभिन्न ब्यक्तित्वहरुलाई शोमा ल्याएर रोस्ट गर्नु आफैमा गाह्रो बिषय भएको तर पछिल्लो समय शोप्रति दर्शकको माया र सेलिब्रेटीहरुको बुझाई फराकिलो भएको बताउँछन् । 'हामी सुरुमा कस्तो होला, नेपालमा रोस्ट शो पच्छ कि नाई भन्ने दुबिधामा थियौं । गेष्टका लागी पनि समस्या हुन्छ कि भन्ने सोचेका थियौं तर शोको प्रतिक्रिया एकदम राम्रो आएको छ ।' बिक्कीले आर्टिष्ट खबरसँग भने, 'पहिलो प्रयोग भएकाले आगामी दिनमा कुनै सुधार्नुपर्ने पक्ष छन् भने अवश्य सुधार्ने छौं ।'

शोकि निर्देशक श्रद्धाले यसअघि कमेडी च्याम्पियनमा सहायक निर्देशकको भूमिका निभाएकी थिइन् । अहिले आम्मा कसम याँ दुख्छ निर्देशन गर्दा कमेडी रियालिटी शो भन्दा फरक र उनले पनि नयाँ प्रयोग गरेको बताउँछिन् । उनले नेपाली रोस्टको क्षेत्रमा नेपाली दर्शकपनि बानी परेको र सेलिब्रेटीहरुले पनि सहजरुपमा लिएको तर्क राख्छिन् ।

'आम्मा कसम याँ दुख्छ'को गएको बिहीबारको पछिल्लो भागमा लोकप्रिय नायिका आँचल शर्मा अतिथिको रुपमा छिन् । उनले बाहिर शोको चर्चा राम्रो भएको र सुरुमा आफूलाई पनि जाने कि नजाने भन्ने दुविधा भएको र मनका रोस्ट धेरै हुन्छ कि भन्ने डर पलाएको बताएकी छिन् । पछि शोमा गइसकेपछि आफूले रमाइलो गरेको बताइन् । नायिका आँचलले शोमै कमेडी शैलीमा भनेकी छिन्, 'कतिपयले त यो शोमा नजाउ भने। कस्तो रहेछ भनेर अन्य भाग हेरेँ । तर मलाई रोष्टको कुरामा रमाइलो लाग्छ । मैले इन्जोय गर्छु । आफैले गरिरहेका कुराहरुलाई समेटेर रोस्ट गर्ने हो, त्यस्तो नराम्रो केनै छर ।'

शोको पहिलो भाग २३ जुनमा सुरु भएको थियो । पहिलो भागमा गायिका ज्योती मगर अतिथिको रुपमा थिइन् भने त्यसपछि समाजमा चर्चा, विवादमा परिरहने क्रमशः सञ्चारकर्मि प्रकाश सुवेदी, पुन्य गौतम, नायक जय किशन बस्नेत, कमेडीयन मनोज गजुरेल र निर्देशक प्रदीप भट्टराई, भाइरल अघोरी बाबा, पत्रकार ऋषि धमला, र्यापरद्धय माइला र सिरुपाते, कलाकार बुद्धी तामांग र निर्देशक सुवर्ण थापा आइसकेका छन् । साथै आगामी भागमा अन्य चर्चामै रहेका अतिथि आउने तयारीमा रहेको बताइएको छ ।

शोको जम्मा १६ भाग हुनेछ । अबको डेढ महिना भित्रमा शोको यस पहिलो सिजन सकिनेछ । आगामी दिनमा शोको अन्य सिजनपनि ल्याइने बताइएको छ । शोलाई सयथरी स्टुडियोले प्रस्तुत गरेको हो । शोको कन्सेप्ट र सेट डिजाइन पनि श्रृद्धा र बिक्कीले नै गरेका हुन् । यस्तै कार्यकारी निर्माता अमन प्रताप अधिकारी हुन् । शोमा बिना त्रिपाठी (डिजे माया) र अक्जल पुजारी (रिपोर्टर ऋतु) पनि फिचर्ड छन् । शोको राइटरमा सुशान्त बस्याल र बिकाश अर्याल रहेका छन् ।