दुर्गा गुरुङ एकल साँझ हुने

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

गायिका दुर्गा गुरुङले एकल साँझ गर्ने हुनुभएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा बिगत २५ बर्षदेखी सक्रिए गुरुङले यहि भदौ २५ गते राष्ट्रिय नाचघर जमलमा एकल साँझ गर्ने शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । एकल साँझ दिउँसो १ बजेबाट सुरुहुने बताइयो ।

गायिका गुरुङले कुनैपनि गायक तथा गायिकाले एकल साँझ गर्न पाउनुलाई सफलता मानिने र आफूले यो अवसर पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो । एकल साँझ रोधी डिजिटलले आयोजना गर्न लागेको हो ।

गायिका गुरुङले एकल साँझ गर्नुको उद्देश्य प्रस्ट्याउँदै भन्नुभयो, ‘एकदमै संघर्ष गरेर यहाँ सम्म पुग्न सफल भएकी हुँ, आफूलाई भाग्यमानी ठानेकी छु । यो एकल साँझ सफल भएपछि म अनाथालय तथा अपाङ्ग आश्रमहरुमा जाने तयारी गरेकी छु ।’ गायिका गुरुङले भन्नुभयो । ‘बिशेषगरी आफ्नो जन्म जिल्ला स्याङ्जाको कुनैपनि आश्रममा पुग्ने योजना छ ।’ वालिङ नगरपालिका वडा नं ३ रानिस्वांरामा जन्मिनुभएकी गुरुङले बि.स. २०५३ सालबाट औपचारिक रुपमा नेपाली लोकगीतको क्षेत्रमा पाइला चाल्नुभएको थियो ।

गुरुङ समुदायमा प्रथमपटक निर्माण गरिएको चलचित्र ‘पति’मा समावेश एक गीतमा स्वर दिएसँगै उहाँको औपचारिक रेकर्डिङ सुरु भएको थियो । बि.स. २०५३ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गर्नुभएकी गुरुङले अहिलेसम्म रेडियो नेपाल र बाहिर गरेर २५ सय गीतहरुमा स्वर दिएको बताउनुहुन्छ । उहाँले बिशेषगरी ‘देउडा, कौडा, सालैजो’ लगायतमा गीतमा स्वर दिनुभएको छ । साथै उहाँले एकल साँझमा सोरठी गीतलाई पनि स्थान दिने बताउनुभयो ।

गायिका गुरुङले गाएका भध्ये ‘भेट भयो कोहरपुरैमा’, ‘स्याउली पलाइछ’, सालैजो गीत ‘देउराली भन्ज्याङ’, कौडा गीत ‘घुमी घुमी बस्यो माहुरी’, घर कहाँको मायालु, दाई त मेरो लाहुर जाने लगायत दर्जनौं गीत हिट छन् ।

सांगितीक प्रस्तुतीकै लागी २५ देशहरुमा पुगिसक्नुभएकी गायिका गुरुङले आफ्नो हिट गीतहरुसँगै अन्य सर्जकका गीत पनि एकल साँझमा प्रस्तुत गर्ने बताउनुभयो । उहाँसँगै एकल साँझमा वरिष्ठ लोकगायक नारायण रायमाझि, कृष्ण गुरुङ, खड्ग गर्बुजा, लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, गणेश गुरुङ, राजु गुरुङ, भिमु गुरुङ, भिमकला गुरुङ,  लगायतले साथ दिनुहुनेछ ।

उहाँले एकल साँझको आर्थिक खर्च बिभिन्न आफन्तहरुको सहयोगमा पनि हुने र आफूले पनि गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘नारायण रायमाझि दाई, सर्मिला गुरुङको एकल साँझमा पनि स्वर दिएकी थिएँ र अहिले नै गर्नुको कारण भने ढिलो गर्दा उमेरको कारण पनि गाउन गाह्रो हुन्छ कि भन्ने पनि लाग्यो । यो नै सहि समय हो भन्ने लाग्छ ।’ गायिका गुरुङको यो पहिलो एकल साँझ भएपछि अन्य सर्जकका एकल साँझमा स्वर दिनुभएको थियो ।