‘के घर के डेरा’ पोस्टरः पारिवारीक सदस्यको फरक मनोदशा

...

<pre><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p>आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको सार्वजनिक उक्त पोस्टरमा&nbsp; पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।</p><p>महेश दवाडीको पटकथा र संवाद रहेको चलचित्रमा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सिंगे लामाको कथा छ ।</p><p>दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा शंकर थापा स्माइलरकोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।</p>