दर्शकलाई द भ्वाइसका कोचहरुको कुर्सीमा बस्ने र घुम्ने अवसर

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

'द भ्वाइस अफ नेपाल सिजन ४' यहि भदौ २४ गतेबाट प्रसारण हुँदै छ । यसैबिच द भ्वाइसको टिमले यतिबेला प्रचारप्रसारको कामलाई अगाडी बढाइरहेको छ । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण हुने द भ्वाइस अफ नेपाल सिजन ४ को कोचहरुको कुर्सीमा बस्ने र घुम्ने अवसर दर्शकलाई प्रदान गरिएको छ । काठमाडौंका बिभिन्न मलमा कोचहरुको वास्तिक कुर्सि नै राखेर दर्शकलाई अनुभव लिने अवसर दिइरहेको छ ।

बिजी मलमा शनिबार र आइतबार कोचको घुम्ने कुर्सि राखियो । जसमा सयौंले घुमेर अनुभव लिएका थिए । साथै बिजीमलमा कोच प्रबिशा अधिकारीपनि पुगेकी थिइन् । उनले द भ्वाइस छिट्टै हिमालय टेलिभिजनबाट प्रसारण हुँदैछ भन्ने जानकारी दिइन् । साथै उनले गीत गाएर उपस्थित दर्शकलाई सुनाइन् ।

यस्तै सोमबार र मंगलबार सिभिल मलमा कुर्सि राखियो । जहाँ द भ्वाइस अफ नेपाल सिजन २ का फाइनलिस्ट गायक आरिफ राउफ पुगेका थिए । उनले केहि गीत गाएका थिए । यस्तै आज (बुधबार) र भोली भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा कुर्सि राखिएको छ । आज गायक गोविन पुन पुगेका छन् । यसपछि लबिम मलमा कुर्सि दुईदिन राखिनेछ । द भ्वाइस अफ नेपाल सिजन ४ को भोली (बिहीबार) ग्राण्ड प्रिमियर हुँदैछ ।