भिडियोमा आयो डब्बु र राजेशपायलको गजल सावनको भेल

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा लोकप्रिय गायक राजेशपायल राईएको स्वरमा रहेको गजल ‘सावनको भेल जस्तो।।।’ को म्युजिक भिडियो दर्शकमाझ आएको छ । डब्बु क्षत्रीको एक समयको लोकप्रिय गजल मानिएको सावनको भेल जस्तोको लामो समयपछि भिडियो निर्माण गरिएको छ । यो गजल क्षत्रीको झरी गीति÷गजल सँग्रहमा रहेको छ ।

हजारौं गीत गायका राजेश पायल राईले यो भन्दा अघि गजलमा स्वर दिएका थिएनन् । क्षत्रीको सावनको भेल जस्तो गजल आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गजल भएको गायक राजेश पायलले बताएका छन् । यो गजलमा जुगल डँगोलको संगीतमा रहेको छ । गजलमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् ।

गीतकार डब्बु क्षत्रीकै निर्देशनमा सावनको भेल जस्तोको म्युजिक भिडियो बजारमा आएको छ । यो गजलको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका तथा मोडल सरिता भारतीको अभिनय रहेको छ ।

भिडियोमा यी दुईको अभिनय आकर्षका छ । टंक केसी र ज्ञानु राईले छायाँकन गरेको यो म्युजिक भिडियोको कोरियोग्राफी सुवास बुढाथोकीले गरेका हुन् । बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । विलक्षण क्रियसन प्रा।लि।द्धारा निर्मित यो गीतको भिडियोलाई विन्ध्यवासिनी म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

डब्बु क्षत्रीले झरी सम्बन्धि गजलहरु समेटेर गजल सँग्रह ‘झरी’ केही वर्ष अघि बजारमा ल्याएका थिए । त्यतिबेला झरीको यो गजलले विन्ध्यवासिनी म्युजिक अवार्ड, नेशलन गजल अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड जितेको थियो । अडियोमै लोकप्रियता हाँसिल गरेको यो गजललाई बल्ल भिडियोमा ल्याईएको गीतकार क्षत्रीले बताए ।