‘झिंगेदाउ’लाई एकसातामा १ करोड ४० लाख रुपैंया कलेक्सन

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अहिले हलहरुमा प्रदर्शन भइरहेको नेपाली चलचित्र 'झिंगेदाउ'ले उत्साहजनक दर्शकको साथ पाइरहेको छ । साथै कमाई पनि राम्रो गरिरहेको छ । ज्ञानेन्द्र देउजा निर्देशित  ‘झिंगेदाउ’ले एक सातामै नेपाली बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा एकसातामा ‘झिंगेदाउ’को कमाइ १ करोड ४० लाख रुपैयाँ ग्रस उल्लेख छ ।

अझैपनि चलचित्र राम्रो छ रे भन्दै हलसम्म पुग्ने दर्शकको संख्या बढिरहेको छ । अर्थात यो चलचित्रलाई माउथ पब्लिसिटीले राम्रो काम गरिरहेको छ । अहिलेको दर्शकको उल्लेख्य उपस्थिती हेर्दा केहिदिनमै दुई करोड रुपैंया कमाउने निश्चित देखिन्छ । केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, संगम भण्डारी, हिउवाला गौतम, कुशल बिष्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको बिषयवस्तु दर्शकले मन पराएका छन् । एक घरभित्रको माया र झगडालाई चलचित्रमा देखाइएको छ । दुई छोरालाई बिहे गरिसकेपछि आमा प्रतिको माया कस्तो हुन्छ भनेर चलचित्रमा देखाइएको छ ।

यसैबीच, तेस्रो सातामा प्रदर्शन भइरहेको दिनेश राउत निर्देशित चलचित्र‘प्रकाश’को बिहीबारसम्मको कमाइ १ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ । तर झिंगदाउसँगै प्रदर्शनमा आएको  ‘सम्हालिन्छ कहिले मन’ले भने सोचे अनुरुप दर्शक पाउन सकेको छैन ।  यस्तै नेपाली हलहरुमा गएको शुक्रबारबाट हिन्दी चलचित्र  ‘ब्रम्हास्त्र’ प्रदर्शनमा आएको छ । तर यो चलचित्रले पनि नेपाली चलचित्रलाई खासै असर पारेको देखिदैन ।