‘बेनीको बजार’का मोडल दीपसागरको निधन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">कलाकार दीपसागर डीसीको निधन भएको छ । उनको सोमबार ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।</p><p style="text-align: justify; ">डीसीले थुप्रै नेपाली लोकगीतका भिडियोहरुमा मोडलिङसँगै निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् । उनले अभिनय गरेको&nbsp; ‘बेनीको बजार’ अत्यधिक हिट गीत हो ।&nbsp; उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए ।</p><p style="text-align: justify; ">उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए । डीसीको निधनमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।</p>