आर्यन सिग्देलको ‘सायरा’को औपचारिक निर्माण घोषणा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ नेपाली चलचित्र 'सायरा'को निर्माण घोषणा गरिएको छ । बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भनिएको यो चलचित्रमा भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा लगानी गर्नेछन् ।</p><p style="text-align: justify; ">मंगलवार होटल र्‍याडिसनमा एक औपचारिक कार्यक्रम गरेर चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । चलचित्रमा लोकप्रिय नायक आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालको मुख्य भूमिका रहने बताइयो । यस्तै चलचित्रमा नेपालीसँगै भारतीय कलाकारको पनि अभिनय रहनेछ । चलचित्रमा भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । सुफियाले एक दर्जन बढी बलिउड चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रको घोषणा कार्यक्रमलाई उनले भिडियो सन्देशबाट सम्बोधन गरेकी थिइन् ।&nbsp;</p><p style="text-align: justify; ">कार्यकारी निर्मातामा काजीमान अत्रेय छन् भने निर्मातामा पुष्कर झा छन् । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । त्यस्तै, भारतीय निर्माता पुष्कर झाले ‘सायरा’ नेपाली भाषामा निर्माण हुने तर हिन्दी डब गरेर भारतमा पनि प्रदर्शन गरिने जानकारी दिए ।&nbsp;</p>