छक्का पञ्जा ४’ फागुन १९ मा प्रदर्शन हुने पक्का

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’ आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । हेमराज विसीको निर्देशन रहेको यो चलचित्र यसअघि कात्र्तिक मै प्रदर्शन गर्ने तयारी गरिएको थियो तर उक्त मितिमा अन्य चलचित्र पनि आउने भएकाले ‘छक्का पञ्जा ४’ पछि सरेको हो ।&nbsp;</p><p style="text-align: justify; ">शुक्रवार विहान कलाकार दीपकराज गिरीले फेसबुकमा एक तस्विर पोस्ट गर्दै आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । फागुन १९ मा यसअघि नै ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ गरी तीन फिल्मले प्रदर्शन मिति तय गरिसकेका छन् । ‘छक्का पञ्जा ४’ले पनि यही मिति पक्का गरेसँगै अब बक्सअफिसमा चार फिल्म भिड्ने भएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् ।</p>