सुमन गैरेको रचनामा प्रविशा र सुमनको गीत (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

सन्चारकर्मी सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत 'लुकीछिपी'को भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना पोखिएको छ।

प्रकाश धितालको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा उमेश भट्ट र आलिशा बास्तोलाको अभिनय रहेको छ । गहिरो प्रेममा रहेका जोडीले आफ्ना भावना पोखेको यस गीतको छायांकन चितवनमा गरिएको हो।

उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक बिकास दाहाल हुन् भने एशोसियट निर्देशक माधव शर्मा हुन् । प्रेम रसाईलीको कोरियोग्राफी, अशिम रानाभाटको कस्ट्युम डिजाईन तथा दिपेन गौतम ुमाईकलुको प्रडक्शन डिजाईन रहेको यस गीतलाई गायक केसी र गीतकार गैरेले निर्माण गरेका हुन्।\