‘मीलन’को गीतमा टिकटक बनाउँदा २५ हजार जित्ने अवसर

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘मीलन’को नयाँ गीत ‘तिम्रो इसारा काफि छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ । रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ । कबिराज गहतराजको कोरियोग्राफि रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापालाई फिचर्ड गरिएको छ ।

साथै चलचित्रको टिमले टिकटक प्रयोगकर्ताका लागी नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागी नगद सहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो ।

सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट ५ छनौट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ ।

यस्तै उक्त गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । चलचित्रका निर्देशक टेक पौरखी राईका अनुसार राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै टिकटकको भ्युज नहेरेर ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइनेछ । छनौटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९,८,७ गर्दै १ हजारसम्म जित्ने अवसर प्रदान गरिनेछ ।

यो अवधि जम्मा १० दिनका लागी राखिएको छ । गीत सार्वजनिक भएको मिति (असोज १०) देखी असोज २० गतेसम्म आफ्नो टिकटकको स्क्रिनसट मीलन चलचित्रको अफिसियल फेसबुक पेजमार्फत पठाउनुपर्नेछ ।

कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापा बिचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् । चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । चलचित्रमा ब्याकग्राउण्डस्कोर शैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।