जुनुको ‘जून’ एल्बम दीप, मदनकृष्ण र संगीताबाट सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

ब्लुबेरी स्टुडियोको प्रस्तुतीमा गायिका जुनु श्रेष्ठको ‘जून’ एल्बमसंगै यस एल्बमका अफिसियल म्युजिक भिडियोहरु पनि एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौमा एक भव्य कार्यक्रमका बिच प्रमुख अतिथीद्धय वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, वरिष्ठ हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ र कार्यक्रमका विशेष अतिथी संगीता राणा प्रधानले एल्बमका भिडियोहरु डिजिटल्ली रुपमै विमोचन गरेका थिए ।

‘सुल्तान अफ् स्ट्रिङ्स’ कुशल गीतारबादक, गायक, संगीतकार तथा एरेञ्जर अनिल शाहीको एरेञ्ज तथा संगीत समावेश एल्बम ‘जून’मा जुनुको सबै गीतहरुमा स्वर रहेको छ । ६ वटा गीत समावेश गीतहरु क्रमश ‘मेरो चूपचापको अर्थ’, समा याना, जीगु नुगले, पछ्याउदै मेरा दिनहरु, लुमंका जी च्वना, मन जीगु उई जुल बोलको नेपाली तथा नेपाल भाषाको गीतहरु समावेश रहेका छन् ।

यी गीतहरुको शब्दमा क्रमश: जी शाह, दुर्गालाल श्रेष्ठ, गोबिन्द ह्युमत, सरला श्रेष्ठ र बद्री बेदनाको रहेको छ, भने म्यजिकमा अनिल शाही, दिपेन्द्रमान सिंह र गोबिन्दको रहेको छ । त्यस्तै एल्बमका गीतहरुको एरेञ्ज क्रमशः अनिश शाही र प्रमोद परियारको रहेको छ । यो एल्बमको अडियोसंगै भिडियोको कामपनि ब्लुबेरी स्टुडियोले नै निर्माण गरेको हो ।

कार्यक्रममा एल्बम ‘जून’को लागी बधाई दिदै प्रमुख अतिथीद्धय दीप श्रेष्ठ र  मदनकृष्ण श्रेष्ठले ‘सुल्तान अफ् स्ट्रिङ्स’ अनिल शाहीलाई गीतारबादकका रुपमा तारिफ गरेर थाकेनन् । त्यस्तै कार्यक्रममा बोल्दै संगीता राणा प्रधान, प्रकाश शायमी, वियजरत्न तुलाधर लगायतले पनि जुनु र अनिलको तारिफ गरे ।