‘के घर के डेरा’ ट्रेलरः काठमाडौंमा घरको सपनाको कथा

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

नयाँ चलचित्र के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । दिपावलीको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेल सार्वजनिक गरियो ।

सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ । नक्कली लालपूर्जाको चलखेलले उब्जिएको समस्यालाई ट्रेलरमा रोचक शैलीमा उतारिएको छ ।

‘पशुपति प्रसाद’ जस्तो अब्बल फिल्म पस्किसकेका दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको पटकथा तथा संवाद महेश दवाडीको हो । चलचित्रमा दयाहाङ, सुरक्षा र विपिनसँगै वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

बिपिनको फरक क्यारेक्टर

अभिनेता बिपिन कार्कीले यो चलचित्रमा फरक क्यारेकटरमा निभाएका छन् । चलचित्रका निर्देशक खनालले पशुपति प्रसाद पछि आफूले बिपिनसँग काम गर्न पाएको र बिपिनले गरेको भूमिका आफूलाई निकै मन परेको बताए । साथै बिपिनले पनि आफूले गरेको भूमिका दर्शकलाई मन पर्नेमा विश्वास राखे ।