चितवनमा ‘महापुरुष’ टिम

आर्टिष्ट खबर/ असोज, चितवन ।

कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘महापुरुष’ को देशव्यापी प्रचार प्रसारमा व्यस्त रहेको छ । ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले गएको शुक्रबार चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको बताएका छन् ।

देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा जन्मिएको उनको भनाइ थियो । देवघाटका एक एकल ‘बा’ को सत्य घटनाबाट चलचित्र प्रभावित भएको उनले बताए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।

चलचित्रमा उठान गरिएको कथाबस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा चलचित्रको माध्यमबाट देखाउन खोजिएको बताए । उनले चलचित्रलाई स्वादिष्ट बनाउन खोजिएको बताए । ‘हामीले स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मिठो मान्नु हुनेछ भन्ने विश्वास छ’, उनले भने ।

कलाकार हरिवंश आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’ पछि पहिलो पटक यस चलचित्र मार्फत एउटा गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनको भनाइ थियो । चलचित्र हसाँउदा हसाँउदै रुवाउने र रुवाउँदा रुवाउँदै हसाउँने उनले बताए ।

नायक अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पुरा भएको बताए । अभिनेत्री अन्जना बराईलीले चलचित्रमा राम्रो काम गर्ने प्रयास गरेको बताईन् । दिग्गज कलाकारहरुबाट हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाएको उनको भनाइ थियो ।

म्याक्स दीपेश खत्री निर्मित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेललगायतको मुख्य पनि अभिनय छ । दीपक बज्रचार्यले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत सार्वजनिक भइसकेको छ ।