युएई, कतार, बहराइन, ओमानमा ‘दुई नम्बरी’ एकसाथ प्रदर्शन हुने

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

युएई, कतार, बहराइन र ओमानका विभिन्न फिलिमहरूमा अक्टोबर २० तारिक नेपाली चलचित्र ‘दुई नम्बरी’ एकसाथ पर्दशन हुने भएको छ ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै मुख्य मुख्य शहरमा बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने रमेश ढकालले जानकारी दिएका छन । चलचित्र ‘दुई नम्बरी’ मध्यपूर्वका देशमा चलचित्र  वितरण रमेश ढकाल गरिरहेका छन् ।

नेपालमा ‘दुई नम्बरी’ चलचित्र गत हप्तादेखि अपार सफलताका साथ पर्दशन भई रहेको छ । ‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आउने चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको वितरणको जिम्मा नेपालमा  आर आर फिल्म्सले लिएको छ।