थानेश्वर गौतमको नयाँ गजल गीतः रचना र दिपको प्रेम र पिडा

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

नेपाली गीतसंगीतको क्षेत्रमा फरक पहिचान बनाइसकेका गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गजल गीत सार्वजनिक गरिएको छ ।  ‘यो नजरले’ बोलको गजलमा प्रेम र पिडा प्रस्तुत गरिएको छ । गीतमा अधिवक्ता कल्याणी अधिकारीको शब्द छन् भने  नरेन्द्र वियोगीले गीतको एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा रचना गौतम र दिप सागरको प्रेम र पिडा देखिन्छ । साथै भिडियोमा विष्णु गौतम र अस्मि न्यौपानेले पनि अभिनय गरेका छन् । भिडियोमा थानेश्वरलाई गजलको फरक महफिलमा देखाइएको छ ।

मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई राम केसीले सुन्दर दृश्यहरुमा क्यामेरा चलाएका छन् । भिडियोलाई मनोज कार्कीले सम्पादन र रंगरोगन गरेका हुन् ।