‘प्रेमगीत ३’ को सफलताको खुसी बालगृहका बालबालिकाहरुसँग

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">'प्रेमगीत ३' को टिमले चलचित्र सफलताको खुसी साटेको छ । .बुढानिलकण्ठमा रहेको बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरुसँग खानपिन, देउसीभैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर चलचित्रको टिमले सफलताको खुसी साटेको हो ।</p><p style="text-align: justify; ">उक्त अवसरमा बालगृहमा बस्दै आएका सम्पुर्ण बालबालिकाको १ बर्षसम्म लाग्ने स्कुल फि, उनीहरु सबैका लागि लत्ताकपडा, सिरक तथा डसना प्रदान गरिएको थियो । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले सफलताको खुसी साट्दै भन्छन्, बालगृह महासंघको भवन जिर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मत सम्भार गरेर रङरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो, सायद फाइभस्टार होटलमा सेलिब्रेट गर्दा यो खुसी पाइदैन्थ्यो । स्वर्गिय लेखक निर्देशक दाई क्षेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं । सायद उहाँको परिकल्पना नभएको भए हामी यो कथामा चलचित्र बनाउने सम्भावना पनि थिएन होला । चलचित्र सफल भएको छ, यसको सम्पुर्ण श्रेय हामीले दर्शक, मिडियाकर्मी, चलचित्रकर्मी र हाम्रा शुभचिन्तकहरुमा समर्पण गर्न चाहान्छौ ।&nbsp;</p><p style="text-align: justify; ">'प्रेमगीत ३' ले विश्वभरीबाट ३९ करोड आम्दानी गरेको र नेपालबाट मात्रै १५ करोड आम्दानी गरेको बताइएको छ । चलचित्र अहिले नेपालका केहि हलमा प्रदर्शन भइरहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रको सफलताको खुसी साट्नका लागी चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुंग, मनिस राउत लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । साथै गायिका प्रविशा अधिकारी, बाल गायक सुप्रिम मल्ल लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।</p>