कत्थक नृत्याङ्गना सीता सुबेदीको दक्षिण कोरियामा नेपाली नृत्य

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

नेपालकी लोकप्रिय लोक तथा कत्थक नृत्याङ्गना सीता सुवेदीले दक्षिण कोरियामा नेपाललाई चिनाउने लोकगीतमा नृत्य गरेकी छिन् । बिभिन्न १५ मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल (माम्फ)मा आइतबार उनले आफ्नो प्रस्तुती दिएकी हुन् ।

वन लेग डान्सर (एक खुट्टाद्धारा नाँच्ने नृत्याङ्गना)को रुपमा नेपालमा परिचित सीताले ‘मखमली चोली चाहिदैन’ बोलको गीतमा नृत्य गरेकी थिइन् । उनको नृत्य देखेर अन्य मुलुकका कलाकारहरुले पनि प्रसंसा गरेका थिए । सीताले आफूले नेपाली संस्कृति झल्किने नृत्य गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आर्टिष्ट खबरसँग टेलिफोन सम्वादमा भनिन्, ‘अन्य मुलुकबाट आएकाहरुलाई आफ्नो देशको भेसभुषामा नृत्य गरेर देखाउन पाएँ निकै खुसी लागेको छ । हाम्रो देशको कल्चरबारे थोरै भएपछि चिनाउने मौका दिनुभएकोमा आयोजकप्रति धन्यवाद ब्यक्त गर्दछु ।’

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गरेको १७ औं माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल २०२२ मा नेपालसँगै चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया गरी १५ मुलुकको सहभागिता रहेको थियो ।

छाङवन शहरको योङजी पार्कमा गत शुक्रबारदेखि आइतबारसम्म चलेको तीनदिने  मल्टिकल्चरल फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिएका थिए ।

प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको छ । उक्त महोत्सवमा हरेक मुलुकबाट आएका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका थिए भने नेपालबाट आएका चर्चित कलाकार धर्मेन्द्र सेवान र तृष्णा गुरुङले नेपाली सहित विभिन्न मुलुकका दर्शकहरुलाई आफ्नो गीतसंगीतमार्फत् मनोरञ्जन प्रदान गरका थिए ।

कार्यक्रममा ग्लोबल माइग्रेन्ट्स डान्स अडिसनमा नेपाली टिमबाट छानिएका कलाकार आरती चौधरी र सुबी मानन्धरले स्टेजमा नृत्य गरेका थिए । महोत्सवको अन्तिम दिन भएको बहुसांस्कृतिक विविधता परेडमा ३० लाख वनसहित मंगोलको समुह प्रथम भएको थियो ।  करिव २४ हजारको सहभागिता रहेको उक्त फेस्टिवल कोरोनाका कारण दुई वर्ष अनलाइन कार्यक्रम गरिएको थियो ।