चलचित्र ‘मीलन’ अब मंसिर ९ मा प्रदर्शन हुने

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।

प्रेमकथामा निर्माण भएको चलचित्र ‘मीलन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब यो चलचित्र तिनसाता पछि मंसिर ९ गतेबाट प्रदर्शन हुने पक्का भएको हो । यसअघि कार्तिक १८ गतेबाट प्रदर्शन हुने भनिएको थियो ।

चलचित्रका निर्देशक तथा लेखन टेक पौरखी राईले एकै मितिमा दुई नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र क्षेत्रलाई नै असर पर्ने र अग्रज चलचित्रकर्मिहरुको सल्लाह अनुसार प्रदर्शन मिति सारिएको बताए । अहिलेसम्म मंसिर ९ मा नेपाली चलचित्र ‘मीलन’ मात्र प्रदर्शनको तालिकामा छ ।

केहि समय अघि ‘मीलन’को प्रेम र बिछोडले भरिएको ट्रेलर ‘टाकुरा फिल्मस्’ युट्युव मार्फत सार्वजनिक गरिएको थियो । साथै यसअघिनै चलचित्रमा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीत लोकप्रिय बन्दै गएको छ ।

चलचित्रमा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको छ । यसै चलचित्रबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन् । साथै चलचित्रमा सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रविन थापा चलचित्रका निर्माता हुन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्र राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ । चलचित्रमा समावेश तीनवटा गीतमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।