‘चि मुसी चि आगामी पुस १५ मा प्रदर्शन गरिने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ नेपाली हरर थ्रिलर चलचित्र&nbsp; ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ आगामी पुस १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताएका छन् ।</p><p style="text-align: justify; ">चलचित्रको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । चलचित्र नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।</p><p style="text-align: justify; ">चलचित्रमा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । चलचित्रको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।</p>