चौथौ एपिक नेपाल म्युजिक अवार्ड हुने, फारम खुल्ला

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

गएका बर्ष जस्तै यसबर्ष पनि एपिक नेपाल म्युजिक अवार्डको चौथौं संस्करण हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को शनिबार पत्रकार सम्मेलन गर्दै औपचारिक घोषणासँगै फारम खुलेको जानकारी गराइयो ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलनमा अवार्डमा ट्रफि सार्वजनिकसँगै फारम सार्वजनिक गरिएको थियो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा गीत संगीतका सम्पूर्ण विधाहरुलाई समेटिने छ ।

अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशील एवम् नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतहरुलाई अवार्ड प्रदान गरिने अवार्डकि महासचिव तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गराईन । त्यस्तै अवार्डको उत्कृष्ट ५ नोमिनेसन पुस २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिने समेत जानकारी गराइयो ।

चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९ का अध्यक्ष कृष्ण लाल साहुखलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा मध्यपुर थिमी नगरपालिकाको निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता तथा विशेष अतिथिहरु मध्यपुर थिमी नगरपालिका वडा न. ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठ, हास्य अभिनेत्री पल्पसा डंगोल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायिका शोभा त्रिपाठी, मोडल तथा गायक प्रस्तोता दुर्गेश थापा, संचारकर्मी कलाकार सूर्य चन्द, निर्देशक देवेन्द्र पाण्डे लगायतका विभिन्न व्यक्तित्व र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिका वडा न. ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठले आफ्नै वडामा सम्पन्न हुन लागेको म्युजिक अवार्डले ऐतिहासिक जिल्ला भक्तपुरको मौलिक कला संस्कृतिको जगेर्ना हुने र अवार्ड भब्य रुपमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाको निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अवार्डको तेस्रो संसकरण आफ्नै कार्यकालबाट थिमी मध्यपुरमा सुरु भएको र अवार्डको चौथो संस्करण पनि भक्तपुरमानै हुन लागेकोमा खुसी ब्यक्त गर्दै अवार्डलाइ भब्य रुपमा सम्पन्न गराउन सम्पूर्ण भक्तपुरवासीको साथ सहयोग रहने उनले बताए ।  अन्य बक्ताहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

आवेदन फारम प्रियसी म्युजिक प्रालिको कार्यालय अनामनगर उपलब्ध हुनेछ।  अवार्डका संयोजक राजेन्द्र पुरी रहेका छन। त्यसैगरी चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९ को पत्रकार सम्मेलन संचारकर्मी गोपीकृष्ण चापागाईंले संचालन गरेका थिए ।