गायक आशिष सचिनलाई ओएसआर डिजिटलले गर्यो एक बर्ष अनुबन्धित

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

'दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना' लगायतका हिट  गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ ।

ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म  ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ ।

१ वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका  छन् ।

गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो  म्यूजिक भिडियो  छमक छमक तेरी पाउजुले  चर्चा बटुल्न सफल भएको छ ।

गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख ९९७ मिलियन० दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ ।

गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो  छ ।