शोभितको ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्रि

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

शोभित बस्नेत निर्देशित चलचित्र 'बद्री बहादुर'को विदेश राइट्स बिक्रि भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् ।

पूजा तामाङले विदेश राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा चलचित्र प्रदर्शनको हक पूजाको हातमा हुनेछ । नेपाल बाहेकका अन्य देशमा सिनेमा प्रदर्शन गर्न चाहनेले पूजासंग सम्पर्क गर्नुपर्ने हुन्छ ।

संचारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको चलचित्रको नेपाल प्रदर्शन मिति केहि दिनमा तय हुनेछ । केहि दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण पक्ष प्रचारमा उत्रिनेछ ।

रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । विनोद सापकोटाको छायांकन रहेको चलचित्रमा टंक बुढाथोकी, उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको चलचित्रको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल रहेका छन् । एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । चलचित्रको निर्मातामा मिथुन भोटे रहेका छन् ।