मंसिर २३ मा लाग्ने ‘डेसान’ को टिजर सार्वजनीक

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

सामाजीक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को टिजर सार्वजनीक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजीक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ । चलचित्र मंसिर २३ गते प्रदर्शन हुने तयारीमा छ ।

कमल एक्चै मगर निर्देशीत चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतको अभिनय छ । टिजरमा फिल्मका सबै प्रमुख कलाकार समेटिएको छ । निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए । अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुखपीडा बिर्सिएको बताइन् ।

अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने चलचित्र रिलिज हुन लागेकोमा खुशी ब्यक्त गरे । निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले चलचित्र हेर्दा सबै पीडा भुलेको बताए । पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।