नेपालमा खिचिएको ‘उचाई’ आजबाट रिलिज

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड चलचित्र ‘उचाई’ आज (शुक्रबार)बाट नेपालमा पनि रिलिज भएको छ । बुधबारसम्म यो चलचित्र नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो चलचित्रलाई नेपालमा वितरण गर्ने भएको हो ।

यो चलचित्रमा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । बलिउड चलचित्र भएपनि यो चलचित्रले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ । यसैले, नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो चलचित्र नेपाल भित्राउन चासो नदिएको अवस्थामा ट्राभलर्स क्रिउले राम्रो रकक तिरेर यो चलचित्रलाई नेपालमा ल्याएको हो ।

चलचित्रलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो चलचित्रको लाइन प्रोड्यूसरमा नेपालको चर्चित चलचित्र निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ । नेपालमा यो चलचित्र छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्रि ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

चलचित्र वितरण गर्न लागेका राजन पुरीले भने–‘यो बलिउड चलचित्र मात्र होइन, यसमा नेपालीहरुको भावना पनि जोडिएको छ । नेपालका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको यो चलचित्रलाई आम नेपालीहरुमाझ देखाउन आवश्यक छ । यसले, आन्तरिक पर्यटक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले, यसपटक हामीले भावनात्मक रुपमा यो फिल्मसँग जोडिने निर्णय गरेका हौं ।’

यो चलचित्रको बुकिङ नेपालभर खुलिसकेको छ र मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । क्यूएफएक्स चेनले चलचित्रका लागि १७ शोज दिएको छ । यस्तै, बीग मुभिजले चलचित्रलाई ४ शोज दिएको छ । यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरि ५ शोज चलचित्रका लागि उपलब्ध गराएको छ ।

सुरज बर्जात्याको निर्देशनमा तयार भएको चलचित्रमा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो चलचित्रलाई निर्माण गरिएको छ । राजश्री प्रोडक्शनले यो फिल्मलाई निर्माण गरेको हो ।