सञ्चारकर्मी तथा कलाकार महाविर विश्वकर्माको निधन

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चर्चित सञ्चारकर्मी तथा कलाकार महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । मंगलबार बिहान राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।

आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उहाँका भाई भुवन विकले जानकारी दिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल पुर्याइएको छ । उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए । उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।

साथै उनले केहि चलचित्र र थिएटरमा पनि काम गरेका थिए । पछिल्लो समय रिलिजमा आएको नालापानी चलचित्रमा अभिनय गरेका थिए । उनी पछिल्लो समय जातीय छुवाछुतको आन्दोलनमा सक्रिए थिए ।

पाँचबर्ष अघि आर्टिष्ट खबरले बहकिने मन बिशेष कुरा गरेको थियो । यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।