‘मीलन’ले पायो प्रिमियरमा सुखद प्रतिक्रिया, यहि शुक्रबारबाट रिलिज हुँदै

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

आगामी शुक्रबार (मंसिर ९)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को प्रिमियर शो सम्पन्न हिजो (मंगलबार) साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मिले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ गरेका थिए ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको ‘मीलन’ हेरिसकेपछि वरिष्ठ कलाकार निर शाहले चलचित्रले दर्शकको ध्यान तान्ने बताए । उनले चलचित्रले दर्शकलाई भरपुर रुपमा हँसाउन पनि सक्ने र केहि दृश्यले भावुक पनि बनाउने बताए । साथै उनले चलचित्रको सफलताको शुभकामना ब्यक्त दिए । शाह अघि भन्छन्, ‘नेपालमा बनेका हरेक चलचित्रले सफलता हासिल गर्नुपर्छ । हामीले चलचित्रका प्रिमियर शोहरुलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौं । त्यो खुसीको कुरा हो । नेपाली चलचित्र क्षेत्र ठुलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ ।’ चलचित्र हेरिसकेपछि अन्य चलचित्रकर्मिहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए ।

अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको चलचित्र भित्रको पवित्र मित्रता एक युवतीका कारण कसरी बिग्रन्छ भन्ने कथा चलचित्रमा हेर्न पाइन्छ । प्रिमियरमा नवअभिनेता कुशल र अभिनेत्री शिल्पा थापाको कामको तारिफ गरियो । साथै कलाकार  सुमिन गुरुङले निभाएको तेस्रो लिंगीको भूमिकाको चर्चा भएको थियो ।

चलचित्रका निर्माता प्रविन थापाले चलचित्रकर्मिहरुबाट पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास ब्यक्त गरे । उनले चलचित्र ‘मीलन’ले मल्टिप्लेक्स हलहरुमा उच्चतम शो पाउनेमा पनि विश्वास राखेका छन् । चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राई आफ्नो लामो समयदेखीको मिहिनतलाई अब दर्शक समक्ष छाड्न लागेको भन्दै चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छन् । उनले प्रिमियरमा चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको बताए ।

चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय रहेको छ । तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । यस्तै चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।