एनएनटिभीमा निरन्तर नयाँ नेपाली चलचित्रहरु हेर्न सकिने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाल नेटवर्क टेलिभिजनमा निरन्तर नयाँ नेपाली चलचित्रहरु हेर्न सकिने भएको छ । हलमा प्रदर्शनमा आएका र दर्शकले रुचाएका चलचित्रहरु टेलिभिजनमा हेर्न पाईनेछ । डिएआर मुभिजको सहकार्यमा हरेक शुक्रबार राती ९ बजे टेलिभिजनमा चलचित्र प्रशारण हुँदै आएको छ । यो शुक्रबार दयाहाङ राई अभिनित चलचित्र ‘तान्द्रो’ प्रशारण हुनेछ । आउँदो महिनाबाट ‘चिसो मान्छे’, ‘ईन्टु मिन्टु लण्डनमा’, ‘प्रेम गीत ३’ र ‘झिंगेदाउ’ प्रशारण हुनेछ ।</p><p style="text-align: justify; ">दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ राम्रो समीक्षा पाएको चलचित्र हो । धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी अभिनित ‘ईन्टु मिन्टु लण्डनमा’ हिट चलचित्र हो । त्यस्तै, प्रदीप खडका र क्रिष्टिना गुरुङ अभिनित ‘प्रेम गीत ३’ र केकी अधिकारी, आँचल शर्मा लगायतको अभिनय रहेको ‘झिंगेदाउ’ दुवै यसवर्षका ब्लकबस्टर चलचित्रहरु हुन् । चलचित्र हेर्नका लागि दर्शकहरुले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने डिएआरका निर्देशक श्याम धितालले जानकारी दिए । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।</p>