सलोनमा बिहेमा पहिलोपटक सँगै भेटिएका अनमोल र सलिनमान (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

हिजो अर्थात मंसिर १२ गते अभिनेता सलोन बस्नेतले चन्द्रागिरी हिल्सबाट धुमधामका साथ प्रेमिका करिश्मा केसीसँग बिहे गरे । भोली बुधबार फिल्मक्षेत्रका थुप्रै सेलिब्रेटीलाई पार्टी दिँदैछन् । हिजो भएको बिहेका दृश्य त आर्टिष्ट खबरको यसभन्दा अघिका भिडियोमा हेरिसक्नुभयो । तर केहि रोचक दृश्यहरु छुटेको हुनसक्छ ।

हामीआज कुरागर्दैछौं अभिनेता अनमोल केसी र सलिनमान बाँनियाको ।

यी दुई अभिनेताको अहिलेसम्म भेट भएको थिएन । यी दुबै अभिनेता अहिलेको नेपाली चलचित्र क्षेत्रका स्टार हुन् । त्यो त अनमोलले भन्दा सलिनमानले धेरै कम चलचित्रमा काम गरेका छन् तर उनी दुईवटा चलचित्रमा काम गर्दा नै स्टार भइसकेका छन् । सलोन बस्नेतको बिहेमा अनमोल र सलिनमान भेटिदा केहिबेर गफमा ब्यस्त भएका थिए । उनीहरुले केहिबेर कुरा गरेपछि अनमोल बिहेबाट बाहिरिए भने सलिनमान केहिबेर बसेका थिए ।

अनमोल र सलिनमानलाई एकसाथ देख्दा बिहेमा उपस्थित भएकाहरु तस्बिर खिचाउन हतार देखिन्थे । सलोन बस्नेतसँग अनमोल र सलिनमान नजिक भएकाले पनि यो संयोग जुर्दाको दृश्य रोचक देखिएको हो । बिवाह अघि भएको मेहन्दी कार्यक्रममा पनि सलिनमान पुगेका थिए भने अनमोल बिहेमा मात्र पुगेका हुन् ।

चलचित्रमा अनमोलले सन् २०१४ मा ‘होस्टेल’बाट डेब्यू गरेका थिए भने सलिनको डेब्यू सन् २०१७ मा ‘ए मेरो हजुर २’बाट भएको भयो । दुवै अभिनेता डेब्यू चलचित्रबाटै स्टार बनेका हुन् । यस्तै २०७५ सालमा एउटा रोचक संयोग जुर्‍यो । कहिल्यै एकअर्कासँग भेट नभएका यी दुई स्टारको चलचित्र एकै मितिमा रिलिज भएको थियो । चैत २९ गते अनमोल केसी अभिनीत ‘ए मेरो हजुर ३’सँग सलिनमानको दोस्रो चलचित्र ‘यात्रा’ जुधेको थियो । यो प्रतिस्पर्धामा जित अनमोलको भयो । यसपछि सलिनमानले कुनैपनि चलचित्रमा काम गरेका छैनन् । अनमोलको भने ‘ए मेरो हजुर ४’ पनि हलमा रिलिज भइसकेको छ ।

Video Report: