माघ, काठमाडौैं । नेपालमा नाकाबन्दी भएपछि धेरै कुराहरुको अभाव देखिएको छ । खानापकाउने ग्याँसको अभावको समस्याको अझैपनि समाधान हुनसकेको छैन । नाकाबन्दी खुल्छ खुल्छ भन्दा भन्दै आधा बर्ष पुग्नलागिसकेको छ । यसैबिच नाकाबन्दीलाई लक्षित गर्दै युट्युवमा बिभिन्न किसिमको भिडियोहरु बनेका छन् ।
यहाँ हामी एक सट फिल्मको कुरा गर्दै छौं, युट्युवमा ‘गोफ्ले गोपी’ नामबाट अपलोड गरीएको सटफिल्ममा ग्यासको अभावलाई देखाइएको छ । नाकाबन्दीको बेलामा खाना पकाउने ग्याँसको सिलिण्डरलाई कालोबजारी गर्दै पसलेले ८ हजारमा बेच्न खोजेका हुन्छन् तर साहुकै छोराले उनलाई डुबाएको देखाईएको छ । भिडियोमा निकै रमाइलो कथा समावेश गरीएको छ । भिडियोमा गोपिकृष्ण चापागाईको कथा तथा निर्देशन रहेको छ भने चर्चित कलाकार सुरबिर पण्डित, पेमा लामा र रबिन राईको अभिनय रहेको छ । भिडियो एनबी थापाले खिचेका हुन् ।