डब्बु क्षत्रीको नयाँ गीत ‘दुर सागर’ सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले नयाँ गीत 'दुर सागर…' को भिडियो दर्शकमाझ ल्याएका छन् । क्षत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरेका छन् ।

‘दुर सागर उर्लियो लहर यो मन प्यासी नै

झमझम झरी बादल बर्षा यो मन प्यासी नै

बिना एक प्याला मधुरस यो मन प्यासी नै’

झरी सृँखलाको यो अर्को नयाँ गीत भएको गीतकार क्षत्रीले बताएका छन् । डब्बुको यस अघि झरी सृँखला अन्तर्गत गजल सँग्रह झरी नै आएको छ । सो बाहेक उनका अरु पनि झरी सम्बन्धि गीतहरु छन् । आफुले हरेक वर्ष झरी सम्बन्धि गीत ल्याउने गरेको र २०७९ को लागि आफुले झरी सँृखलाको यो नयाँ गीत यतिबेला ल्याएको पनि गीतकार डब्बु क्षत्रीले बताएका छन् ।

दुर सागरमा संगीत र स्वर राज सागरको रहेको छ । भ्वाईस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गरेका हुन् । जसमा शाहस शाक्यको संगीत संयोजन रहेको छ ।

पोखराको विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा प्रेममा धोका खाएर मधपानको लतमा लागेकी युवतीले आफ्नो पूर्व प्रेमी र उसको प्रेमिकासँग लिएको बदलाको कथा प्रस्तुत गरिएको छ । नशाले खराब परिणाम दिन्छ भन्ने सन्देश यो गीतको भिडियोले दिएको छ ।

गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारतीसँगै मोडलहरु मिलन दाहाल, सृष्टी कडरिया, आकाश दाहाल र निश्चल बिक्रम पौडेलले अभिनय गरेका छन् । भिडियोमा सरिताले मदिराको लतमा फसेर अपराध गर्दै हिडेको युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

मिलन शँकरको छायाँकन रहेको यो गीतको भिडियोलाई बीरेन्द्र भाट ‘बिपिन’ले सम्पादन तथा रँग संयोजन गरेका हुन् ।