बिरामी भएका काजी बा… स्वस्थ भएर मेरी बास्सैमा फर्किए (भिडिओ)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">बिरामी भएका कारण दुई महिनासम्म मेरि बास्सैमा अभिनय गर्न नसकेका कलाकार रामचन्द्र अधिकारी (बाजी बा…) अभिनयमा फर्किएका छन् । उनी ७८४ औं भागबाट फेरी मेरि बास्सैमा फर्किएका हुन् । सिरियलका अन्य कलाकारले छायांकनमा पुग्दा फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरेका थिए । उक्त दृश्य इपिसोडमा पनि देखिन्छ ।</p><p style="text-align: justify; ">सिरियलका निर्देशक दिवाकर भण्डारी (सापटि काका)का अनुसार अब नियमित रुपमा कलाकार रामचन्द्रलाई मेरिबास्सैमा देख्न सकिनेछ । उनले उहाँ पुर्णरुपमा स्वस्थ भएर छायांकनमा आउनुभएको बताएका छन् । साथै निर्देशक भण्डारीले रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको भूमिकामा भित्रिनुभएका कलाकार मुकुन्द श्रेष्ठको पनि नियमित रुपमा अभिनय रहने जानकारी गराए । तर मातृशोकको कारण मुकुन्द श्रेष्ठ पनि केही एपिसोडमा देखिनेछैनन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/bdiHPIbm7AA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>