एक महिनाका लागी युके उडिन् गायिका भूमिका गिरी

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

गायिका भूमिका गिरी सांगितीक कार्यक्रमका लागी युके उडेकी छिन् । गायिका गिरी एकसाता अघिमात्रै अस्ट्रेलियाको एक महिना लामो बसाईपछि नेपाल आएकी थिइन् । उनी फेरी शुक्रबार बिहान त्रिभुवन बिमानस्थलबाट युकेका लागी उडान गरेकी हुन् । उनी क्रिस्मिस् इभेन्टसँगै अंग्रेजी नयाँ बर्षमा आयोजना हुने कार्यक्रमहरुमा प्रस्तुती दिन युके लागेकी हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै लेखेकी छिन्, 'आधा जिन्दगी त आकाश मै जाने भो, कर्मले दिएसी हिड्नै पर्यो, कसैले रिस गरेर हुन्छ ।' उनले करिब एक महिनाको यात्राको क्रममा युकेका एल्डरशट, बर्मिङ्घम, उलविच, र ग्रीनविच लगायतका ठाउँमा सांगितीक प्रस्तुती दिने बताइएको छ । गिरीले गाएका गीतहरुमध्ये 'तारा संगै जुन, चोली मैलौ भो, देउराली'मा हिट गीत हुन् ।