‘प्लस साइज मोडल नेपाल’ आयोजना हुने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ । मोडल सङ्स नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल सङ्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला गरेको छ ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती÷महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।

मोडल सङ्स नेपालको आयोजनामा सञ्चालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती÷ महिलाहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बद्ध बिभिन्न अवसर प्रदान गर्नमा अब्बल साबित भएको आयोजक संस्थाकी इभेन्ट म्यनेजर स्वस्ती दंगालले जनाएकी छिन ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि ‘मिस्टर प्लस साइज नेपाल’को आयोजना समेत गर्दै आएको छ ।

राष्ट्रिय नाचघर जमलमा पुस ९ गते शनिवार (डिसेम्वर २४)  हुने अडिसनबाट छनौटमा परेका प्रतियोगीलाई अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ । मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘ प्लस साईज मोडल नेपाल २०२३’मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेने छ ।

चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साईज युवती÷महिलाहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ व्यवसायिक मोडल उत्पादन गर्न सफल प्रतियोगितासँग आफू जोडिन पाउँदा खुसी लागेको वूमनियाकी सञ्चालिका प्रियंका बोथ्राले जनाईन । साथै प्लस साइज (मोटोपन) भएर निराश भई बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनाले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलालाई उनीहरुको क्षमता अभिबृदी गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा सहभागिता जनाउन बोथ्राले आह्वान गरेकी छिन ।