मिसेस नेपाल वल्र्डमा सहभागी हुन दिक्षा अमेरिका प्रस्थान

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

वाई वाई मिसेस नेपाल वल्र्ड दिक्षा केसी नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको मिसेस वल्र्डमा सहभागी हुन शनिबार राती अमेरिका प्रस्थान गरेकी छन् ।

उनी आगामी डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वल्र्ड नेपालको तर्फबाट स्पर्धा गर्दैछिन् । सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वल्र्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै बिबाहित महिलाहरुबीचको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलियालगायतका महादेशवाट ६० भन्दा बढी राष्ट्रहरुका बिबाहित सुन्दरीले स्प्र्धा गर्दैछन्।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस  वल्ड मा यससम्बन्धि आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपी रसाइली र मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोशाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन। स्टेला द मेक अप  स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षाको मेकअप हाल अमेरिकामै वसोवास गर्दै आइरहेकी नेपालकी चर्चित मेक–अप आर्टिष्ट सोफी सुनवारले गर्नेछिन् । दीक्षाले संसारमाझ नेपाल गौतम बुद्धको देश हो भनेर चिनाऊनका लागि श्री गणेश सुनचांदी पसलवाट प्राप्त आकर्षक बुद्ध स्तुपा उपहारस्वरुप आयोजकलाई प्रदान गर्नेछिन।

दिक्षा रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा नेपालमा सम्पन्न वाई वाई  मिसेस  नेपाल  वल्डमा सहभागी भई विजेता भएकी थिइन्।