सुनिल कटुवाल र दुर्गा खरेलको स्वरमा ‘तिम्रै धड्कन’ सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

गायक सुनिल कटुवाल र गायिका दुर्गा खरेलको स्वरमा रहेको 'तिम्रै धड्कन' बोलको गीत सार्वजनिक गरिएको छ । निर्दोष जीवनको शब्द रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । यस्तै गीतको भिडियोमा नायिका अनिसा पोखरेल र नायकको रुपमा गायक कटुवाल स्वयंले अभिनय गरेका छन् ।

निर्मलकुमार लामाले निर्देशन गरेको भिडियोलाई द डिभाइन म्युजिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको बिषयमा बोल्दै गायक कटुवालले दर्शक तथा स्रोताबाट माया पाउनेमा विश्वास राखेका छन् । अहिले अस्ट्रेलियामा रहेपनि नेपाली गीतसंगीतलाई उत्तिकै माया गरेको र समय मिलाएर गीतसंगीतलाई समय दिएको बताएका छन् । उनले टेलिफोनमार्फत आर्टिष्ट खबरसँग कुरागर्दै भने, आफू जहाँ रहेपनि गीतसंगीतलाई समय दिने प्रयास गरेको छु । अहिलेको गीत पनि दर्शक तथा स्रोतले मन पराउनुहुनेछ आशा लिएको छु । गायक कटुवालका 'कपुरी क', 'डिजिटल फोटो', 'केटो अलि कमाउने होस्', ' डाँडै काटौंला' लगायतका गीत हिट छन् ।