‘डिसेम्बर फल्स’को छायांकनमा हेलिकप्टर चार्टर

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

नेपाली चलचित्रमा हेलिकप्टर चार्टर गर्नु ठुलै कुरा मानिन्छ । बिशेषतः सानो बजेटमा नेपाली चलचित्रहरु निर्माण हुने हुँदा दिनमै लाखौं रुपैंया खर्च गरेर हेलिकप्टर प्रयोग गरेका कमै चलचित्र छन् । करोड माथि लगानीमा बनेका चलचित्रहरु केहिले हेलिकप्टर प्रयोग गर्ने आँट गरेका हुन्छन् भने अधिकांशले हेलिकप्टर प्रयोग गर्न सकेको देखिदैन ।

यस्तै आगामी पुस १५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘डिसेम्बर फल्स’मा पनि हेलिकप्टर प्रयोग गरिएको छ । कोरोना महामारीका कारण लामो समय केही प्रतिशत छायांकन रोकिएको थियो । दशैंअघिबाट फिल्मको बाँकी छायांकन थालियो । योबीचमा दुई गीत र क्लाइमेक्स खिचिए । प्रदर्शन मिति नजिकिँएसँगै निर्माण टिमले फिल्मको अन्तिम दृश्य शनिवार तिब्बतसँग जोडिएको नेपालस्थित लाङटाङ पुगेर खिचेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय गन्तव्यले प्रख्यात लाङटाङमा छायांकनका लागि निर्माताले पूरै यूनिटलाई हेलिकप्टर चार्टर गरेर लगेका थिए । एक दिनको छायांकनका लागि हेलिकप्टर चार्टरसहित १० लाखभन्दा बढी खर्च भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिएका छन् । योसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको उनले बताएका छन् ।

चलचित्रमा प्रविण झाको निर्देशन रहेको छ । चलचित्रलाई छायाँकार महेश आर गुप्ताले खिचेका छन् । चलचित्रमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिकासँगै  सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय रहेको छ ।