‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक, पुस १५ मा सिधै युट्युवमा हेर्न पाइने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

चलचित्र रिभेन्ज लभको ट्रेलर सार्वजनिक गरिएको छ । मन्दिप रानाले निर्देशिन गरेको यो चलचित्र पोखराका युवाहरुले मिलेर निर्माण गरेका हुन् । सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथाबस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक मन्दिप राना बताउँछन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ ।

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र बिजय कुमारको स्वर रहेको चलचित्रमा मेकअप मोहन लामा, छायांकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ । चलचित्रको निर्मातामा नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन तथा सह९निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन् ।

चलचित्रका निर्माता नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको छ । श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स चलचित्र आगामी पुस १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ । यहि मितिमा अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ पनि प्रदर्शन हुने तयारीमा छ । ‘डिसेम्बर फल्स’ भने हलमा रिलिज हुनेछ ।